सुर्खेतमा झण्डै २१ करोडमा स्टे होटल भ्यालीभ्यू सञ्चालनमा

सुर्खेतमा झण्डै २१ करोडमा स्टे होटल भ्यालीभ्यू सञ्चालनमा आयको छ। सुर्खेतको वीरेन्द्रनगर–१४ लादेमा उच्चस्तरिय सुविधासहितको तीन तारे होटल व्यवसायी तर्कबहादुर शाही सञ्चालनमा ल्याएका हुन् ।

नयाँ वर्ष २०८१ को अवसर पारी औपचारिक उद्घाटन गर्न लागिएको छ । कर्णालीको समर्ग पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले वीरेन्द्रनगरमा लामो समयदेखि सञ्चालनमा रहेको होटल भ्यालीभ्यूको शाखाका रुपमा होटल व्यवसायी महासंघ कर्णालीका अध्यक्षसमेत रहेका शाहीले होटल सञ्चालनमा ल्याएका हुन् ।

करिव एक विगाह क्षेत्रफलमा झण्डै २१ करोडको लागतमा सुविधा सम्पन्न भौतिक संचालनसहितको होटल सञ्चालनमा ल्याएको शाहीले बताए ।

शाहीले २०६० बाट वीरेन्द्रनगर–६ मा सञ्चालनमा ल्याएको होटल भ्याली भ्यू हालसम्म तीन स्थानमा शाखा विस्तार भइसकेको छ भने कर्णालीका १० वटै जिल्लामा शाखा विस्तार गर्ने शाहीले बताए।

वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा स्टे होटल भ्याली भ्यू र जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि स्थापना भइसकेका छन् ।
स्थानीय तथा अर्गानिक उत्पादनको प्रयोग र उपभोगमा टेवा पु¥याउदै आएको भ्याली भ्यूले स्थानीय कृषकहरुलाई रैथाने बाली उत्पादनमा प्रोत्साहनसमेत गर्दै आएको अध्यक्ष शाहीले बताए ।

शाहीले कर्णालीमा होटल क्षेत्रमा ३ दशकको अवधिमा स्थापना गरेका तीन वटा होटलमा झण्डै ३५ करोड लगानी गरिसकेका छन्, भने एक सय २० बढीलाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेका छन् ।

कर्णालीको पर्यटन क्षेत्रको सम्वद्र्धन र प्रवद्र्धनका लागि तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिन सके कर्णालीको अर्थतन्त्रले फड्को मार्ने शाहीको दावी छ ।

हाल होटलमा ३४ वटा कोठा रहेका छन् । जसमध्ये दुई वटा भीआइपी स्वीट रुम, २० सुपर डिलक्स, ६ डिलक्स र ६ वटा स्ट्याण्डर्ड कोठाहरु रहेको होटलका महाप्रवन्धक पदम सुवेदीले बताए । होटल आगामी बैशाखबाट सन्चालनमा आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close