विपन्नलाई घर बनाउदै कर्णाली सरकार

फागुन १२,सुर्खेत । कर्णाली प्रदेश सरकारले विपन्न नागरिकका लागि घर बनाउने भएको छ । यस्तै, बेरुजु बढेपछि प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने पनि निर्णय गरिएको छ अब सातामा एक दिन बुधबारमात्रै र आवश्यकता अनुसार मन्त्रिपरिषद् बैठक बस्ने साथै २४ घण्टाभित्र निर्णय सार्वजनिक गर्ने निर्णय गरेको छ ।कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीका सामाजिक सल्लाकारमा सुर्खेत गुर्भाकोट नगरपालिका घर भएका डा. नरेश विक्रम ढकाललाइ नियुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारको बुधवार बसेको मन्त्रीपरिषद बैठकले बिभिन्न निर्यण गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बिन्दमान बिष्टले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close