भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ पक्राउ

जाजरकोट भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जना जुवाको खालबाट पक्राउ परेका छन् ।​ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्त माधवप्रसाद श्रेष्ठका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले उनीहरुलाई शनिबार राति २ बजे पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा अधिकृत घर्तीसहित नेपाली काँग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढा पनि रहेका छन् । उनीहरूको साथबाट २ लाख नगद पनि बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close