मोटरसाइकलबाटै थुतेर महिलालाई बाघले लग्यो, स्थिति अज्ञात

मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ।

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।

‘सन्तोषका  अनुसार मोटरसाइकल अलि स्लो भएको थियो ,’ डिएसपी खड्काले भने, ‘त्यही बीचमा बाघले उहाँकी आमालाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेर गयो, कराउँदा कराउँदा पनि छोडेन।’

लाई खबर गरेको डिएसपी खड्काले बताए। उनलाई सामान्य चोट लागेको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति १० बजेतिर पूर्वबाट पश्चिम भुरीगाउँबाट चिसापानीतर्फ जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि थापा सवार थिइन्।

घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टभन्दा करिब ५-६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए।

बाघले मोटरसाइकलबाटै मानिस बेपत्ता पारेपछि  खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको भए पनि यो खबर तयार पार्दासम्म थापालाई फेला पार्न नसकिएको डिएसपी खड्काले सेतोपाटीलाई बताए।

‘बाघले मोटरसाइकलमा झम्टिएर महिला लगेर गएको भन्ने खबर पाएलगत्तै राति नै  निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खोजीमा निस्केको भए पनि फेला पार्न सकेन,’ डिएसपी खड्काले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close