मैत्रीपूर्ण खेलमा जापानी टिमसँग नेपाल नीलो पराजित

काठमाडौं । नेपाल नीलो मैत्रीपूर्ण फुटबल खेलमा जापानी फुटबल लिग (जेएफएल) को यू २२ संग ४-० ले पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भोला सिलवाल कप्तानीमा रहेको नेपाल नीलो ४-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जापानी टिमका लागि मासाहितो सुगिताले दुई तथा सातोसि सुनोमाता र तोसिकि सासाकिले एक(एक गोल गरे ।

मैत्रीपूर्ण खेलमा नेपाल निलोको तर्फबाट साग फुटबलमा स्वर्ण जितेको नेपाली टिमबाट छिरिङ गुरुङ, हेमन्त थापा मगर र अर्पण कार्की मात्र आज खेलेका थिए। जापानी टिमले अब आइतबार नेपालको मनाङ मर्स्याङ्दी क्लबसंग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close