‘सेमिअटोम्याटिक’ पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

महोत्तरीमा ‘सेमिअटोम्याटिक’ पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई राउन्ड लोडेड गोलीसहित हतियार फालेर भाग्न खोजेको समूहमध्येबाट सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीका अनुसार समूहका अन्य भने भाग्न सफल भएका छन् ।

पक्राउ पर्नेमा भारतकाे सितामढी  जिल्ला, ग्राम पन्चायत बाजपट्टी निवासी १५ वर्षीय राजकुमार दास र सोही ठाउँ बस्ने वर्ष १९ का मुकेशकुमार मण्डल रहेको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

मनरा सिस्वा नगरपालिका– १० मरुवाहीमा मदिरा भट्टीमा स्थानीय केही व्यक्तिहरुसँग भनाभन भएपछि सोही भनाभनपछि कुटपिट भएको र पछि उनीहरु भाग्न खोज्दा एक राउन्ड हवाई फायरसमेत गरेको स्थानीयले बताए ।

राति करिव ८ बजे भएको उक्त घटनाकै क्रममा स्थानीयहरुले सशस्त्र प्रहरीलाई खबर गरेपछि घटनास्थल पुगेको बिओपी मरुवाहीको सशस्त्र प्रहरीको मोबाइल टोलीले भाग्दै गरेको अवस्थामा सीमा नजिकैबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुसँग ‘सेमिअटोम्याटिक पेस्तोलमा लोड भएको दुई राउन्ड ७.६५ एमएम को गोली, एक स्प्रिंग चक्कु (डाइगर), मोबाइल र पर्स सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुलाई अनुसन्धान र आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक सापकोटाले बताए ।

पक्राउ परेका दुईजनाले पेस्तोल र चक्कु आफुहरुको नभएको र अन्यले नै फालेर भागेको बताए । उनीहरुले आफुहरु लेवरको काम गर्ने भएको र नयाँ वर्षमा मदिरा सेवन गर्न नेपाल छिरेको बताए । तर, स्थानीयले सशस्त्रले बरामत गरेको हतियार उनीहरुकै भएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close