कोभिड अस्पतालका बिरामीलाई इलेक्ट्रकल जग सहयोग

सुर्खेत,२० वैशाख । खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय सुर्खेतले कोभिड अस्पताल सुर्खेतमा रहेका बिरामीहरुलाई इलेक्ट्रीकल जग र गिलास सहयोग गरेको छ । १० थान इलेक्ट्रीकल जग र गिलास कोभिड वार्डमा हस्तान्तरण गरिएको हो ।

कोभिड अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई तातो पानी खान असहज भएको भन्ने खबर पाएपछि कार्यालयबाट पहल गरी वितरण गरिएको कार्यालयका लेखा अधिकृत सुशील केसीले बताए ।
भाँडाको अभावमा बिरामीहरुले तातोपानीको अभाव रहेकोमा इलेक्ट्रीकल जग भएपछि सहज हुने कोरोना अस्पताल इन्चार्ज सपना पहाडीले बताइन् ।
पहिलो चरणमा सहयोगको सुरुवता भएपछि आगामी दिनमा आवश्यकता अनुसार सहयोग गर्ने कार्यालयले प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close