मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव फेल

सुर्खेत ७, कात्तिक
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ । नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले वहुमतका आधारमा प्रस्ताव फेल गरेको हो ।
ज्वाला पक्षका ८ जना र मुख्यमन्त्री शाही पक्षका ११ जना सांसदहरुको उपस्थितिमा प्रमुख सचेतक सीता नेपालीले उक्त प्रस्तावमाथि मतदान गराएकी थिईन । ध्वनीमतको आधारमा ३३ सदस्यीय दलमा १८ जनाले बहुमतका साथ उक्त निर्णय पारित गरेको हो । अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका कँडेलसहित ११ जना र पूर्वमाओवादी समूहका २ सांसदहरु वैठकमा सहभागि भएनन् ।
वैठकमा सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिह बुढा र उपसभामुख पुष्पा घर्ती मगर अनुपस्थित रहेका छन् ।
यो सँगै नेता यामलाल कंडेल पक्षले अविश्वासको प्रस्ताव पेश गरेपनि अब त्यो ढोका भने बन्द भएको छ । यो विवाद समाधान भएसँगै कर्णाली प्रदेशमा दशै लगत्तै मन्त्री परिषद फेरवदल हुने भएको छ ।
सांसद यामलाल कँडेलको अगुवाइमा असोज २५ गते १८ जना सांसदले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ९ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि प्रस्ताव अल्पमतमा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close