राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आज पनि

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनहरुमाथि भएको समूहगत छलफलको निष्कर्ष समेटेर प्रतिवेदन पारित गरिने छ । यस्तै अन्य विभिन्न विषयमा पनि निर्णय गर्ने बुझिएको छ ।

प्रतिवेदनमाथिको छलफलका लागि कोशी प्रदेशको नेतृत्व वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशको वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशको वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशको उपाध्यक्ष हेमजङ गुरुङ र लुम्बिनी प्रदेशको नेतृत्व वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संयोजन गरेका थिए ।

यस्तै, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले छलफलको संयोजन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close