माओवादी वीरेन्द्रनगर–६ का प्रतिबद्धतामा ठाउँ–ठाउँमा गाडी पार्क र सार्वजनिक शौचालय

सुर्खेत । नेकपा ९माओवादी केन्द्र०बाट वीरेन्द्रनगर नगरपालिका–६ ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । उक्त चुनावी प्रबिद्धतामा वीरेन्द्रनगर–६ का ठाउँ–ठाउँमा गाडी पार्क र सार्वजनिक शौचालय साथै वृद्धवृद्धा विश्राम स्थलको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

मओवादी केन्द्रबाट वीरेन्द्रनगर–६ को वडा अध्यक्ष पदमा प्रेमबहादुर रावत, वडा सदस्यमा दिपेन्द्र गैरेल, विक्रम कुमाल, महिला सदस्यमा दिपा के।एस। र दलित महिला सदस्यमा रत्नादेवी नेपाली उम्मेदवारी बन्नु भएको छ ।

यस्ता छन्, अन्य प्रतिबद्धताहरु

समाजवादउन्मूख समृद्धिका लागि स्थानीय सरकार निर्माण गरिनेछ ।
सुशासन र मानव अधिकारसहितको समृद्ध वडा निर्माण गरिनेछ ।
जसको नीति उसकै नेतृत्व स्थापित गरिनेछ ।
प्रतिगमनबाट बचाई संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रियता र संविधानको रक्षा गरिनेछ ।
समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता गरिनेछ ।
अव्यवस्थित बसोबास र भूमिहीनका लागि विशेष व्यवस्थाका साथ समस्याको समाधान गरिनेछ ।
भूमि आयोगले यस भन्दा पूर्व वितरण गररेको जग्गाधनी पूर्जाको वर्गीकरण गरी राजस्वलाई वस्तुवादी गराउन पहल र पूर्जा वितरण गर्न बाँकी रहेका पूर्जा सबै पूर्जा पाउन बाँकी तथा नापजाँच गर्न पर्ने जग्गाको लागत संकलन गरी प्रत्येक्ष राहत हुने कार्य गरिनेछ ।
वडा नं। ६ क्षेत्रभित्र ठाउँ ठाउँमा गाडी पार्कि· तथा सार्वजनिक शौचालय साथै वृद्धवृद्धा विश्राम स्थलको व्यवस्था गरिनेछ ।
वडा क्षेत्रभित्र अवरुद्ध, अव्यवस्थित ढल, सडक नालालाई व्यवस्थित तरिकाले निर्माण तथा मर्मत गरिनेछ ।
वडा नं। ६ लाई वीरेन्द्रनगर नगरपालिकाकै नमूना वडामा विकसित गर्न वडाबासीको संलग्नातामा सामाजिक सामुदायिक कार्यक्रम तथा विकासका योजनालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ ।
अव्यवस्थित बजारीकरणलाई व्यवस्थित गरी वडा क्षेत्रभित्र रात्रीकालिन वडा सुरक्षाकर्मी ९सेक्युरिटी० व्यवस्थाका साथ क्यामेरा जडान गरिनेछ ।
वडा नं। ६ को खोला किनारका बस्तीलाई सुरक्षित गर्न खोलालाई ठाउँ छाडी पक्की तटबन्धको व्यवस्था गरिनेछ ।
वडा नं। ६ मा अति अभाव भएको खानेपानी समस्यालाई दीर्घकालीन रूपले समाधान गर्न समूहगत रूपले डी।टी।एच। प्रविधिबाट पानीको व्यवस्थापन गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूलाई घरदैलोमा पाउने व्यवस्था गरिनेछ ।
वडाको विकासका लागि टोल समितिहरूलाई संलग्न गरी नगर साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ ।
समाजमा रहेका विकृती, विसंगती, घरेलु हिंसा, बालविवाह, जातीय छुवाछुत, लागू औषधविरुद्ध जनचेतनामूलक कार्यक्रम बनाई सोको अन्त्य गरिनेछ ।
दीर्घ रोगी, वृद्धवृद्धा तथा अपा· भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूको उपचार खर्च निःशुल्क गरिनेछ ।
महिला, दलित, जनजाती, विपन्न र गरिबीको रेखामुनी रहेकाहरूको जीवनस्तर बदल्न समूहको माध्यमबाट प्रत्येक समूहमा ५ देखि ७ जनासम्मको समूह बनाई सीपमूलक तालिम तथा औजार उपकरण मेसिन दिई स्वरोजगार नागरिक बनाउन विशेष पहल गरिनेछ ।
मजदुरहरूको जीवनस्तर उकास्न विकासका हरेक कामहरू श्रम सहकारीमार्फत गर्ने व्यवस्था गरिनेछ ।
वडा क्षेत्रको सम्पूर्ण क्षेत्रमा समानान्तर रूपमा बजार विस्तार गर्दै बहुउद्देश्यीय व्यवसायी भवनको लागि पहल गरिनेछ ।
यस वडा नं। ६ लाई सफा र सुन्दर वडा बनाउनको लागि फोहोर व्यवस्थापनमा पहिलो प्राथमिकता दिइनेछ ।
पर्यटन केन्द्रको रूपमा यस वडालाई विकास गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पहिचान गरी विकास गरिनेछ ।
यस वडामा भ्रष्टाचार गर्ने र गराउनेलाई सामाजिक बहिष्कार गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close