कसैलाई जिताउन वा हराउन गठबन्धन बनाएको होइन ःपूर्णबहादुर खड्का

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कसैलाई जिताउन वा हराउनका लागि गठबन्धन नबनाइएको तर्क गरेका छन् । वीरेन्द्रनगरको पिपल चौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान र गणतन्त्रको रक्षार्थ गठबन्धन बनाइएको दाबी समेत गर्नु भयो ।
उहाले केपी शर्मा ओलीको दम्भका कारण पटकपटक संसद विघटन गरिएको जिकिर गर्दै आफूहरुले वृहत छलफल गरेर त्यसका विरुद्ध गठबन्धन निर्माण गरेको उहाले बताउनु भयो । ओलीले जनताका अधिकार मास्ने उद्देश्यले प्रतिगमनको यात्रा थालेपछि त्यसविरुद्ध काँग्रेस, माओवादी लगायतका दलहरु गठबन्धनमा संगठित भएर संघर्षमा होमिएको उहाको भनाइ थियो ।
शान्ति प्रकृयाका बाँकी काम पूरा गर्नका लागि पनि गठबन्धन आवश्यक रहेको उहाले बताउनु भयो । वीरेन्द्रनगर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यो पालिकामा काँग्रेसले मेयरमा उपेन्द्र खड्कालाई र उपमेयरमा नेकपा माओवादी केन्द्रले शान्ति ढकाललाई उम्मेदवार बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close