झापामा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गरिने भएको छ। कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र-सीसिएमसीको जिल्ला समिती बैठकले उक्त निर्णय गरेको हो। कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सुरक्षाका सावधानीहरुमा प्रशासनले कडाइ गर्न थालेको छ।