समाजसेवी सुनारले गरे वादी समुदायलाई सहयोग

सुर्खेत,१३ फागुन । समाजसेवी तिर्थ सुनारद्धारा वीरेन्द्रनगरको मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका बादी समुदायलाई सहयोग गरेका छन् ।
दैलेखबाट आएर बिगत चार दिनदेखि मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा रहेका उनीहरुलाई पाँच पेटी पानी र चामल नुन र खाद्यान्न सहयोग गरेका हुन् ।

युवा समाजसेवी सुनारले बिगतदेखि नै समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आएका छन् ।
साथै उनले वादी समुदायलाई आफ्नो हक अधिकारका लागि एकतावद्ध भएर आन्दोलनमा अगाडी बढ्न पनि सुझाव दिएका छन् ।
वादी समुदायलाई समस्या परेको खण्डमा आफु सहयोग गर्न र जुटाउन समेत तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close