
भक्तपुरबाट प्रहरीले बाघको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–८ सुठा डेरा गरी बस्ने रामेछाप सुनापाती गाउँपालिका–५ रुपाकोट घर भएका १८ वर्षीय किशोर लगायत ४ जना रहेको प्रहरीले जनाएको छ।
बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरीले कालो, खैरो र सेतो रंगको उक्त छाला, २ थान मोटरसाइकल,८ थान मोबाइलसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। नेपाल खबरबाट