यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व आज सुरु हुँदै छ । तिथिअनुसार बिहीबार बेलुकी यमदीपदान आरम्भ गरिँदै छ । कागतिहार भने कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।
हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक सुरु हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरि जयन्ती र धनतेरस पर्व पनि शुक्रबार नै परेका छन्
‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातःकालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ गौतमले भने । तिथिको घटबढका कारण यस्तो भएको समितिले जनाएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक २९ गते शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ । अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।
समितिका अनुसार गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ३० गते आइतबार हुनेछ । आइतबार बिहान ११ :२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।