कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो ।

उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका थिए । बिपदको बेला समेत काम छल्ने कर्मचारीलाई नियन्त्रणमा लिन आदेश प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close