आइसीयूमा जाने कोरोना संक्रमित बिरामीको संख्या बढ्दो, खतराको संकेत

कोभिड-१९ बाट संक्रमित भई आइसीयूमा भर्ना हुनेको संख्या बढ्न थालेको छ । केही दिनयता लक्षणसहितका संक्रमितको संख्या विस्तार भएसँगैं आईसीयूमा जानेको संख्यामा वृद्धि भएको हो ।

हाल करिब एक तिहाइ कोरोना संक्रमितमा लक्षण देखिराखिएको छ, इपिडिमियोलोजी तथा भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भन्नुभयो, ‘केही दिनअघिसम्म ९९.७ प्रतिशत संक्रमितमा लक्षण देखिएको थिएन, हाल त्यो अवस्थामा परिवर्तन भइएसकेको छ । यो खतराको संकेत हो ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, त्रिवि शिक्षण अस्पतालमा एक जना, पाटन अस्पतालमा २ जना गरी उपत्यकामा ११ जना आईसीयूमा छन् ।

थप एक जना भेन्टिलेटरमा समेत छन् । यस्तै, धुलिखेल अस्पतालमा एक जना संक्रमितको आइसीयूमा उपचार भइरहेको छ । देशभर २२ जना आइसीयूमा रहेको डा. अधिकारीले जानकारी दिए ।

बुधबार मृतयु भएका तीनै संक्रमित आइसीयूमा उपचाररत थिए । आजको कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close