मधेस प्रदेशको प्रदेशसभा बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे बस्ने भएको हो ।
सभामुख रामचन्द्र मण्डलले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
गत ४ माघमा प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । उक्त बैठक आजबाट शुरु हुन लागेको हो ।