क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा वडको करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । घाइते वडको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

उनी पतिसँगै भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close