प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

युक्रेनमा रुसी आक्रमणका विषयमा छलफल

 प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

मंगलबार साँझ युक्रेनमाथि रूसीले गरेको आक्रमणलगायत विषयमा कुराकानी भएको विदेशमन्त्री एन्टोनीले बताउनुभएको छ ।

विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जालमार्फत रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौम सत्ता र भौगोलिक अखण्डताप्रति अमेरिकाको समर्थनबारे प्रधानमन्त्री देउवासँग कुरा भएको बताउनुभएको छ ।

उहाँले आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम गर्न तयार रहेको पनि उल्लेख गर्नुभएको छ । नेपालको संसदबाट एमसीसी पारित भएपछि अमेरिकी विदेशमन्त्री एन्टोनीले प्रधानमन्त्री देउवासँग कुरा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close