प्राधिकरण विभाजनको विधेयक रोकिँदैनः मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरि तयार भएको विधेयक नरोकिने बताएका छ्न्। मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणको राजधानीमा आयोजित २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भने अब यो विधेयक कुनै हालतमा पनि रोकिदैन्। सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरि २ वटा निकायमा विभाग छ। यसको विधेयक मन्त्रिपरिषद पुगेको छ।

मन्त्री भट्टराईले यो संस्थाका कर्मचारीलाई समय अनुसार गति र परिवर्तन गर्ने संस्था बनाउन र यसको दिगोपनाको लागि सहयोग गर्न अग्रह पनि गरे।कर्मचारीले संस्थाको चिन्ता गर्नु सामाग्री हो। चिन्ता हुनु पनि पर्छ। तर अरुको योगदानको पनि सम्मान गरेरै आफ्नो अस्थित्व खोज्न पनि उनले आग्रह गरे।

उनले क्यानमा कुनै कारणले यसको अन्तर्राष्ट्रिय विश्वास कमजोर पार्ने छैन्। म क्यान कमजोर पार्न आएको पनि होइन्। कर्मचारीले नयाँ ऐनको विरोध गरेर हड्ताल गर्ने होइन्। अब हडताल गर्नेले नै त्यसबाट आएको क्षति व्यहोर्नुपर्छ मन्त्री भट्टराईले भने। कार्यक्रममा क्यानका आधिकारिक कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले संस्था टुक्राउने प्रयासविरुद्ध आन्दोलन गर्ने बताए। संस्था टुक्राउने निर्णय फिर्ता नभएसम्म आन्दोलन गरिरहने बताए।

कार्यक्रममा वायुसेवा संचालक संघ नेपालका अध्यक्ष क्या रामेश्वर थापाले हवाई क्षेत्रमा क्यान र अपरेटर नङ र मासुको सम्बन्ध रहेको बताए। उनले भने अपरेटर नै नभए के को प्राधिकरण र कर्मचारी आन्दोलन हुने? एयु कालोसूचीको असर हामी सबै अपरेटरलाई असर परेको बताए ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close