आकाश पनि म्युजिक भिडियोतिर

अन्य अभिनेताजस्तै अभिनेता आकाश ले पनि म्युजिक भिडियोबाट लकडाउनपछि अभिनय सुरु गरेका छन् । मोडल योगितासँग उनले प्रताप दासको नयाँ गीत ‘तिम्ले मलाई बुझेनौ भने…’को भिडियोमा अभिनय गरेका छन् । यो गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रको छायांकन हुने सुरसार नदेखेपछि म्युजिक भिडियोबाट भए पनि आफूलाई अभिनयमा चलायमान बनाएको अभिनेता आकाशको कथन छ । लकडाउनपछि अभिनेताहरू प्रदीप खड्का, पल शाह, दयाहाङ राईलगायतले म्युजिक भिडियो खेलिसकेका छन् । आकाशले अभिनय गरेको यो गीतमा राजकुमार बगरको संगीत रहेको छ । गीतलाई रमेश काफ्लेले लेखेका हुन् । जसमा सञ्जीव बराइलीको संगीत संयोजन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close