विप्लव पोलिटब्युरोका ३ कार्यकर्ता अदालतको गेटबाटै पक्राउ

संखुवासभाको चैनपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ नेता तथा कार्यकर्ता अदालत परिसरबाटै पक्राउ परेका छन्।
जिल्ला अदालतको आदेशमा सोमबार उनीहरु धरौटीमा रिहा भएका थिए। प्रहरीले धरौटीमा रिहा भएलगत्तै उमा भुजेल, तत्कालीन झापा इन्चार्ज सुमन सिंह पौडेल र मीनप्रसाद पोखरेललाई प्रहरीले अदालतको गेट अगाडिबाट पुनः पक्राउ गरेको हो।
उनीहरुलाई अन्य जिल्लामा समेत विचाराधीन अवस्थाका विभिन्न मुद्दा भएका कारण पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए।
उनीहरुलाई असार ११ गते भोजपुरबाट ल्याइएको थियो। जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एक लाख ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिए।
जिल्ला अदालतले हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ र राज्यविरुद्ध संगठित अपराधको अभियोग मुद्दामा भुजेललाई एक लाख, सिहलाई २० हजार र पोखरेललाई १० हजार धरौटीमा रिहा गरेको सूचना अधिकारी प्रसाईले बताए। भुजेल र पौडेललाई सुनसरी र पोखरेललाई तेह्रथुम लगिने बताइएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close