कोभिड–१९ सेल्फहेल्प समूहकाे साढे १२ लाख खर्च विवरण सार्वजनिक

सुर्खेत,२६ साउन । कोरोना भाइरस ९कोभिड–१९०को माहामारीमा ‘अक्सीजन सिलीन्डर का लागि मेरो एक हजार अभियान’ सुरु गरेको कोभिड–१९ सेल्फहेल्प समूहमा साढे १२ लाख बढि रकम संकलन भएको छ ।

कर्णालीमा कोरोनाको दोस्रो लहर तिव्र गतिमा फैलिएको समयमा प्रदेशका सबैजसो अस्पतालहरुमा अक्सिजनको चरम अभाव भए पनि युवाहरुको समूहले अभियानको सुरुवात गरेका थिए । जस अन्तर्गत १२ लाख ६१ हजार ४ सय ३५ रुपैयाँ संकलन भएको अभियानले जानकारी दिएको छ ।

अभियानमा सुदीप पुरी, खगेन्द्र पुरी, प्रवाश कुमार शाक्य, मिलनकुमार श्रेष्ठ र धर्मराज आचार्यको सहभागिता रहेको थियो । अभियान अन्तर्गत सुदिप पुरीको खातामा ३ लाख ९४ हजार ४ सय ९५, मिलन क्षेष्ठको खातामा ५ लाख ४६ हजार ९ सय ५१, धर्मराज आचार्यको खातामा ७७ हजार ८ सय २२ रुपैयाँ र टिमले सुरुवात गरेको सनराईज बैंकको खातामा २ लाख ४२ हजार १ सय ६७ रुपैयाँ जम्मा भएको छ । जम्मा भएको रकम मध्ये प्रदेश अस्प्तालमा ८ दिनसम्म दैनिक एक सय रुपैयाँका दरले १ सय ५० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सीजन रीफील खर्च ७६ हजार ८ सय ४२, अक्सीजन सीलन्डिर खरीद एक थान २५ हजार, अक्सीमिटर तथा सेनीटाईजर खरीद ४५ हजार ६ सय, ६ वटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७ सय भएको बताइएकाे छ ।

कुल संकलित रकम मध्ये तिन लाख ५५ हजार तिन सय ४२ रुपैयाँ खर्च भएको तथा ८ लाख ८४ हजार ४ सय १८ रुपैयाँ समूहको खातामा जम्मा भएको भन्दै अभियानले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरेको छ ।  कोरोना तेस्रो तथा अन्य जुनसुकै आवश्यक परेको समयमा सक्रिय हुने अभियानले बताइएको छ । अभियान अन्तर्गत संकलित रकम तथा आम्दानी, खर्च रकम विवरण अभियानको फेसबुक पेज ‘कोभिड १९ सेल्फहेल्प समूह’ मा समेत हेर्न सकिने बताइएकाे छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close