एक युवक मृत अवस्थामा फेला

डडेल्धुराका एक युवक बैतडीमा मृत अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका ६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्।
डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का २७ वर्षीय पदमराज अवस्थी मृत फेला परेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
बिहीवार दिउँसो ३ बजे मृत फेला परेका अवस्थीको शव घटनास्थलमै रहेको छ। अवस्थीका घरपरिवार आएपछि मात्रै घटनास्थलको काम हुने प्रहरीले जनाएको छ। कसरी मृत्यु भयो भन्ने कुरा नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close