विश्वमा कोरोना संक्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

विश्वमा कोरोना भाइरसबाट संक्रति हुनेको संख्या एक करोड ६४ लाख नाघेको छ। वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एक करोड ६४ लाख दुई हजार ६६२ जनामा कोरोना संक्रमण देखिएको छ।

यसमध्ये एक करोड ३६ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। अर्थात् संक्रमितमध्ये आधाभन्दा धेरै संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मात्र विश्वमा दुई लाख १३ हजार ४५९ जना संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म कोभिड–१९ बाट ६ लाख ५१ हजार ६५६ जनाको मृत्यु भएको छ। र, अहिले विश्वमा ५७ लाख १४ हजार ४६८ जना सक्रिय संक्रमित छन्।

नेपालमा संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ भने १३ हजार १२८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोभिड–१९ का कारण ४५ जनाको मृत्यु भएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close