एकैदिन विश्वमा २ लाख ९२ हजार कोरोना संक्रमित थपिए

शुक्रबार विश्वमा २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका छन् । एकै दिन यति धेरै कोरोना संक्रमित थपिएको यो पहिलोपटक हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८६ हजार १६९ कोरोना संक्रमित थपिएका थिए । उक्त तथ्यांकलाई पनि उछिन्दै शुक्रबार (हिजो) एकै दिन २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका हुन् ।

लकडाउन अन्त्य भएसँगै विश्वमै कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ६८ हजार ९१० को ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७१ लाख ६ हजार ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close