छोरीहरुको पक्षमा ‘सतीदेवी’

'छोरी पक्षधर आन्दोलन हो 'सतीदेवी' : निर्देशक सुवेदी

पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘सतीदेवी’ का लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ आमनेपालीले हेर्नै पर्ने चलचित्र बनेको बताएका छन् । वीरेन्द्रनगरका स्थायीबासी सुवेदी लामो समयदेखी काठमाडौ बस्दै आएका छन् ।

अध्ययनको सिलसिलामा दुई दशक अघि सुर्खेतबाट काठमाडौ गएका सुवेदीले आफुलाई सफल चलचित्र पत्रकार हुँदै कुशल चलचित्र लेखक,निर्माता,गीतकार र निर्देशकका रुपमा आफुलाई स्थापीत गरेका हु्न।

०७१ सालमा `एउटा साथी´ बाट चलचित्र निर्देशनमा डेब्यु गरेका उनले त्यसपछि ०७३ मा `लालजोडी´ र हाल `सतीदेवी´ निर्माण,निर्देशन गरेका छन ।

फर्स्टलुक पोस्टर सार्वजनिक भएसंगै चर्चामा छाएको `सतीदेवी´ ले सेन्सर बोर्ड हुँदै विशेष प्रदर्शनमा पनि तारिफ पाएको छ । छोरीलाई समाजले हेर्ने दुष्टिकोण, छोरा र छोरी बीच हुने गरेको विभेद,हाम्रो समाजमा नारीको स्थिति तथा छोरी पढाउ,छोरी बचाउ जस्तो अपरिहार्य बिषयमा निकै गहिराइमा पुगेर चलचित्र निर्माण गरिएको निर्देशक सुवेदी बताउछ्न ।

केही दिन अघि तनहुँको दमौलीमा आयोजीत विशेष प्रदर्शनीमा चलचित्रले निकै तारिफ पाएको थियो । अधिकांश दृश्य लम्जुङ्ग,मध्यनेपाल नगरपालिकाको आसपासमा खिचिएकाले उक्त स्थानबासीका लागि सोही नगरपालिकाका मेयर रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यतामा शो आयोजना गरिएको थियो ।

मेयर पाण्डेले `सतीदेवी´ अत्यन्तै सान्दर्भिक बिषयमा बनेकाले सम्पुर्ण नेपालीले हेर्नु पर्ने बताउदै आफूले यो चलचित्रलाई भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

गत माघ तेस्रो साता सौराहामा आयोजीत दक्षिण एशियाली चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्र र शिव रेग्मी सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेको `सतीदेवी´ प्रती संचारमन्त्री रेखा शर्माले चासो देखाउदै राज्यको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताएकी थिइन ।

केन्द्रीय चलचित्र जाँचपास समितिबाट युनीभर्सल सर्टिफिकेट पाएको `सतीदेवी´ बिसुद्द नेपालीपना युक्त मौलिक चलचित्र भएकाले सरकार,स्थानीय निकायलगायत सबै क्षेत्रबाट सहयोग मिल्नु पर्ने धारणा निर्देशक सुवेदीको छ ।

`राजनीतिक अवस्था फेरिए तापनि हाम्रो समाजमा नारीले धेरै समस्या भोगिरहनु परेको छ । त्यसमाथि छोरा र छोरीबीच यति धेरै बिभद छ कि, त्यसलाई चिर्नका लागि, छोरी छोराभन्दा कुनै कुरामा कम छैन्न भन्ने यथार्थतालाई बोध गराउन तथा समाजमा नारीले सम्मानजनक बांच्न पाउने अधिकारलाई उजागर गर्नका लागि यो चलचित्र अभियान बन्न सक्छ,´ निर्देशक सुवेदी भन्छ्न,“सतीदेवी´ चलचित्र मात्रै होइन,यो संसारभरिका छोरीहरुको पक्षमा उभिएको एउटा निर्णायक आन्दोलन हो ।

त्यसकारण यसलाई स्वदेशमा मत्र नभइ बिश्वभर पुर्याउनु पर्छ ।´ सेन्सर तथा विशेष प्रदर्शनीमा `सतीदेवी´ हेरेका कतिपयले यो चलचित्र अहिलेसम्म निर्माण भएका नेपाली चलचित्र मध्ये सर्वोत्कृष्ट लागेको प्रतिक्रिया दिने गरेका छन । अधिकांशले आफुलाई चलचित्र औधी मन परेको सुनाउदै धेरै पटक भक्कानीएर रोएको बताउने गरेका छ्न ।

चलचित्रले बास्तबिकताको धरातलमा पुर्याउने भएकाले यस्ता मौलिक चलचित्र अझै धेरै बन्नु पर्ने प्रतिकृया पाइरहेको निर्देशक सुवेदी बताउछ्न । उनले यसपछि नारी संघर्षको कथामा `पार्वती´ नामक चलचित्र निर्माण गर्ने घोषणा गरिसकेका छ्न ।

दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन्। मलिका महत शिर्ष भूमिकामा रहेको चलचित्रमा हर्षिका वली र मञ्जिला बानियाँ बालकलाकारका साथमा कुलबहादुर अधिकारी, सिर्जना अधिकारी, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, भोला सापकोटा, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनीषा सापकोटा, विमल श्रेष्ठ,देव महर्जन,तुलसीप्रसाद श्रेष्ठ,इभम जोशी, ईश्वरी सिंहलगायतले अभिनय गरेका छन्।

दीपक शर्मा र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा, ममता गुरुङ र सविन सुवेदीको स्वर छ। बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व संगीत सम्राट थापाको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close