उपचारमा आर्थिक सहयाेगकाे अपिल, सके सहयाेग गराैं नसके सहयाेगीदातालाइ पुग्नेगरी शेयर गराैं ।

आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आउनुभएका सुर्खेतको गुर्भाकोट नगरपालीका २१ बर्षिय भरत सोनीलाई सहयोग गरेर ज्यान बचाइदिन आफन्तले अपिल गरेका छन।

बिगत दुइ बर्षदेखि उपचार गराउदा भएको पैसा सबै सकिएको हुदाँ उपचारमा समस्या भएको आफन्तले बताएका छन। सम्पत्तिका नाममा भएको घर जग्गा समेत उपचारमा सकिएको भन्दै सहयोगको लागी सबैसंग अपिल गर्नुभयो। दुइवर्ष अगाडी भारतमा काम गर्ने शिलशिलामा घरको छतबाट खस्दा उहाँलाइ गम्भिर चोट लागेको थियाे। उहाँको उपचारमा परिवारले भारतका विभिन्न शहरहरुमा उपचार गराउदा ८-१० लाख भारु खर्च भईसकेको छ।

सोनी अहिले घाटीदेखी तल्लोभाग नचल्ने अवस्थामा पुगेकाले झनै समस्या भएको छ। उपचारमा भएको पैसा पनि उपचारकै क्रममा सकियो, अव भाइलाई बचाउँन आफुसँग कुनै उपाय नभएको उहाँका दाइ रमेश विष्टको भनाई छ। उहाँले भन्नु भयो पैसा नभएपछि घरमा ल्याउन बाध्य भएका छौ, थोरै भएपनि सहयोग जोगाईदिन सवैलाई अनुरोध गर्छु।

सहयोगको लागी विभिन्न निकाय सम्म पुग्दा समेत आफुहरुको समस्या प्रति कसैले चासो नदेखाएको उहाँले बताउनुभयो। सहयोगका लागि ९८६३१५३४१६ मा सम्पर्क गरी सहयोग गरिदिन उहाँले सवैमा अनुरोध गर्नु भएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close