एमसीसीमा अमेरिकी अडान, सर्त पालना नगरी सोधभर्ना हुन्न

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले सम्झौताका सबै सर्त पालना नभइ नेपालले गरेको खर्चको सोधभर्ना नदिने बताएको छ ।

साथै एमसीसीले सरकारलाई छिटो सम्झौता कार्यान्वयनका बाँकी काम पनि छिटो सक्न आग्रह गरेको छ ।

सरकारले एमसीसीमार्फत अमेरिकाले दिनलागेको ५० करोड अमेरिकी डलर अनुदान सहायतामा कार्यान्वयन गरिने परियोजना तयारी र कार्यान्वयनका लागि कार्यालय स्थापना गरी काम अघि बढाएको छ ।

सरकारले अर्थमन्त्रालय मातहतको विकास समिति, मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपालमार्फत परियोजना अघि बढाएको हो ।

एमसीए नेपालले परियोजना विकास र कार्यालय सञ्चालनका क्रममा सरकारले गरेको खर्चको सोधभर्ना स्वरुप १ करोड अमेरिकी डलर माग गर्दै एमसीसीलाई पत्राचार गरेको थियो ।

तर एमसीसीले अर्थमन्त्री डा. युवराज खतिवडालाई पत्र पठाएर सबै सर्त पालना नभइ सोधभर्ना दिन नमिल्ने जनाएको समाचार अन्नपूर्ण पोष्टले छापेको छ ।

‘ जता जंगल, उतै डोजर’ शीर्षकमा कान्तिपुर दैनिकले मुख्य खबर छापेको छ ।

डडेलधुराका भित्री मधेससँग जोडिएको महाभारतको तल्लो भेगमा रहेको जंगलमा सडक बनाउन डोजर चाउने क्रम बढेको समाचारमा उल्लेख छ ।

‘नाकले काव्य लेख्छन् दर्शन’ शीर्षकमा एक विलक्षण प्रतिभाको बारेमा आजको नागरिक दैनिकमा मुख्य समाचार छ ।

एक वर्षको हुँदा मस्तिष्क पक्षघातबाट पीडित भएका दर्शन केसी २१ वर्षको पुगे ।

उनी प्राय सेक्सपियरलाई पढ्ने गरेका छन् ।

उनी नाकले अंग्रेजी छन्द लेख्छन् । नाकले लेख्दा कठिन र समय लाग्ने हुन्छ ।

तर शारीरिक दुर्वलताबाट मुक्त हुँदै बाँकी दुनियाँसँग जोडिने यो नै एकमात्र माध्यम हो ।

उनी सात वर्षको हुँदा आमाले समेत आत्महत्या गरेपछि बाबु नीरबहादुर केसी नै उनका एकमात्र साहरा हुन् ।

बानेश्वरमा दर्शनको सानो घर छ ।

‘पाथीभाराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतिलाई’ शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ ।

२०५१ सालमा केपी ओली गृहमन्त्री हुँदा स्वकिय सचिव रहेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष छन् ।

यति समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक समेत बरुवाल हुन् ।

केबलकार चलाउने सो कम्पनीले सरकारको ३ सय १७ रोपनी जग्गा ८० वर्षको लागि सित्तैमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close