दर्शकको चाप हुँदाहुँदै निश्चलले हलबाट फिल्म झिकेर ओटिटीमा लगे

रिलिजको दोस्रो साता पनि पाएको शोमा दर्शकको चाप उल्लेख्य हुँदाहुँदै बेहुली फ्रम मेघौलीका निर्माता निश्चल बस्नेतले हलबाट फिल्म झिक्ने निर्णय गरेका छन्।

दोस्रो साता फिल्मले पाएको शो संख्यामा चित्त नबुझाउँदै बिहीबारबाट हलमा नचलाउने निर्णय गरेसँगै हलहरूले बिहीबारका लागि ‘बेहुली फ्रम मेघौली’को शो राखेका छैनन्।

आज हलमा ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ अनि ‘ज्वाइँ साब’सँगै ‘बेहुली फ्रम मेघौली’ र हिन्दी फिल्म ‘जिगरा’ लागिरहेको छ। पहिलो दुई फिल्मले उच्च शो पाइरहँदा पछिल्ला तीन फिल्मले मध्यम शो पाइरहेका छन्।

निश्चलले आफ्नो फिल्म हेर्न दर्शकको चाप भए पनि ‘जिगरा’ हेर्ने दर्शक नहुँदा पनि बढी शो दिएको भन्दै सामाजिक सन्जालबाटै हलको विकल्प खोज्ने चेतावनी दिएका हुन्।

दैनिक १० बढी शो पाए पनि उनले बुधबार सामाजिक सञ्जालमा लेखेर बिहीबारबाट हलबाट फिल्म झिक्ने घोषणा गरे।

‘जिगरा’मा दर्शक नभएको निश्चलले दाबी गरे पनि हलमा चाप भने राम्रै देखिन्छ।

‘बेहुली फ्रम मेघौली’ हट्दा दर्शकको चाप बढिरहे पनि ‘छक्कापन्जा ५’ र ‘१२ गाउँ’का कारण प्राइम टाइम शो नपाएको ‘ज्वाइँ साब’को शो संख्या बढ्नसक्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close