
बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको वार्षिक रणनीतिक योजना तर्जुमा सम्बन्धि दुई दिने गोष्ठि सम्पन्न भएको छ ।
दुई दिनसम्म संचालन भएको गोष्ठिको संस्थाका अध्यक्ष सिङ बहादुर गुरुङले पानसमा बत्ती बालेर समुद्घाटन गर्नु भएको थियो । गोष्ठिमा बोल्दै उहाँले रणनीति बनाउनको लागि यस्तो गोष्ठि आयोजना हुनु आफैमा सकारात्मक भएको बताउँदै रणनीति तथा योजना समिक्षा गर्दै अगाडि बढे लक्ष्यमा पुग्न सकिनेमा जोड दिनु भयो । यस्तै गोष्ठिमा संस्थाका सचिव पासाङ महताराले नीति बिना कुनैपनि काम अपुरो हुने बताउँदै उचित नीतिको समिक्षा गरेर कार्यान्वयन गर्न सके नतिजा उपलब्धि मुलक निकाल्न सकिने बताउनु भयो । यस्तै उहाँले गोष्ठिमा आफ्ना शाखाहरुमा भएका समस्या पहिचान गरी रणनीति बनाएर समिक्षागत ढंगले प्रस्तुत हुन सबै सहभागिहरुलाई आग्रह गर्नु भयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले दुई दिने गोष्ठिले धेरै कुरा सिकाएको आसा राख्दै आगामी दिनमा नयाँ योजना तथा रणनीतिका साथ केही नयाँ कुराको सुरुवात हुनेमा विश्वास व्यक्त गर्नुभयो । २ दिन सम्म संचालन भएको गोष्ठिमा संस्थाका सचिव पासाङ महतारा प्रमुख कार्यकारी अधिकृत विशाल केसी, मुख्य प्रबन्धक अशोक चौधरी, धन बहादुर शाही, डम्बर बहादुर विश्वकर्मा, बरिष्ठ प्रबन्धक रामु सुवेदी, सरोज विष्ट, नायव प्रबन्धक टेकेन्द्र सापकोटा, सहायक प्रबन्धक विष्णु कुमार बिसी, दिपक बाँकाबल तथा अधिकृत राजन चपाईंले शाखामा देखिएका समस्याहरु, आन्तरिक लेखा परिक्षणमा देखिने मुख्य समस्याहरु, विद्युतिय सेवा संचालन व्यवस्थापन, लेखा बिधि व्यवस्थापन, बचत तथा ऋण परिचालन र प्रभावकारिता लगायतको विषयमा सहजिकरण गर्नु भएको थियो ।
गोष्ठिमा संस्था अन्तर्गत विभिन्न २३ ओटा शाखा कार्यालयका बरिष्ठ प्रबन्धक, प्रबन्धक, सहायक प्रवन्धक तथा कार्यालय प्रमुखहरुले आर्थिक वर्ष २०८१।८२ को आगामी रणानिती तथा योजनाहरु पेश गर्नु भएको थियो ।






