हुम्लाको सर्केघाड गाउँपालिका–७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्णरूपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए । उनका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण संकलन गरेको थिए । आगलागीबाट हरिभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बिहीबार बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।
Related Articles
चितवनका कृषकले अहिलेसम्म पाएनन् युरिया मल
१८ श्रावण २०७७, आईतवार १०:१२
सिम्ता गाउँपालिका ७ दिनका लागि बन्द
२४ भाद्र २०७७, बुधबार २२:००
वीरेन्द्रनगर–१ को वडा अध्यक्षमा काँग्रेसका दिनेश खत्री निर्वाचित
१ जेष्ठ २०७९, आईतवार १८:४७
वाणिज्य बैंककाे प्रादेशिक कार्यालय सुर्खेतमा
१८ पुष २०७६, शुक्रबार १५:१४
नेपालमा कोरोना संक्रमितको संख्या ९९
२४ बैशाख २०७७, बुधबार १६:४०
वीरेन्द्रनगरलाई वातावरण सुधार समाजको सहयोग
१२ जेष्ठ २०७८, बुधबार १४:३२