Murti

ब्राउनसुगरसहित तीन जना पक्राउ

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–७ का विशालसिंह ठकुरी र विक्रमसिंह ठकुरी तथा कोहलपुर नगरपालिका– ११ का निर्जन ढकाललाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट भे १३ प २७३ नम्बरको अपाची मोटरसाइकल, नौ हजार आठ सय रुपैयाँसमेत बरामद गरेको छ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close