सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले कोईच उत्सव मनाउदै

काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले कोइँच उत्सव २०७६ आयोजना गर्ने भएको छ । किरात सुनुवार समुदायको महान चाड श्याँदर पिदार (उभौली)को अवसर पारेर कार्यक्रम कोटेश्वरस्थित सुनुवार सेवा समाजको भवनमा मंसिर २१ गते शनिवार हुने तय भएको हो ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा ख्यातीप्राप्त ʽद एक्स ब्याण्डʼको प्रस्तुति रहने समाजका महासचिव इँगि होपो कोइँचले जानकारी दिनुभयो । साथै पूजा सुनुवार, महेश मुखिया, कोइँच जि लगायत थुप्रै कलाकारहरुको पनि प्रस्तुति रहनेछ । समाजका अध्यक्ष शिव मुखियाले कार्यक्रम पूर्ण रुपमा मनोरञ्जनात्मक हुने र कार्यक्रमले समुदायलार्ई एकताको सुत्रमा बाँध्ने जीकिर गर्नु भयो । नयाँ पीढीलाई मौलिक संस्कृति, कलासँग साक्षात्कार गराउँदै सुनुवार संस्कृतिको उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको अध्यक्षले बताउनुभयो ।

कार्यक्रममा सुनुवार सांस्कृतिक झाँकी, सांगीतिक प्रस्तुति, नेपाली लोक नृत्य, फिजिकल पर्फमेन्स, हाँस्य प्रहसन, खेल, निःशुल्क स्वास्थ्य जाँच, फेस पेन्टिङ, मौलिक खाना, भेषभुषा, किताब तथा विभिन्न सामाग्रीहरुको पनि स्टल राखिने भएको छ । लक्की ड्र मार्फत स्मार्ट फोन लगाएत उपहारको पनि व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा उपस्थिति हुन चाहनेका लागि तीन प्रकारको टिकटको व्यवस्था गरिएको छ । साधरण टिकटका लागि दुई सय, पारीवारिक टिकट पाँच जनाको लागि आठ सय र भिआईपी टिकटको लागि एक हजार रुपैयाँ निर्धारण गरिएको छ । भिआइपी टिकट खरिदकर्ताका लागि एउटा पेयपदार्थ र कोइँच व्याज उपलब्ध गराइने महासचिव कोइँचले जानकारी दिनुभयो ।

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजले यो भन्दा पहिले २०७२ सालमा कोइँच उत्सव आयोजना गरेको थियो । चार बर्ष पश्चात् हुन गैरहेको यो कार्यक्रम समाजको दोस्रो आयोजना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close