गण्डकी प्रदेश सरकारको स्थापना दिवसका दिन सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले सरकार स्थापना दिवसको अवसरमा फागुन ४ गते सार्वजनिक बिदा दिएको छ।
२०७८ साल चैत १८ गते प्रदेश मन्त्रिपरिषद् बनेको दिनको सम्झनामा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
गण्डकी प्रदेश सरकारले अन्य तीन दिन पनि बिदाको घोषणा गरेको छ। प्रदेश राजपत्रमा असार २९ गते भानु जयन्ती, असोज २३ गते कोजाग्रत पूर्णिमामा र आगामी चैत १५ गते चैते दसैँको अवसरमा बिदा दिने उल्लेख छ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close