राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित हुनुभएको छ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो। राष्ट्रियसभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे।
उहाँले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननिय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु।’
राष्ट्रियसभाको दोस्रो बैठक आज नै २१ मिनेटपछि बस्नेछ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close