राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहाक सभापतिमा डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीमा डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाउनु भएको छ।
शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले श्रममन्त्री समेत रहनुभएका उपसभापति अर्याललाई कार्यवाहकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रवक्ता मुकुल ढकालका अनुसार बैठकले सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा सर्वोच्चले गरेको फैसला मानेर अघि बढ्ने निर्णय गरेको छ । बैठकले संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने निर्णय भएको छ ।बैठकमा रवि लामिछाने उपस्थित हुनुभएन ।
शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गर्दै लामिछाने सांसदबाट पदमुक्त हुने फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close