
साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट २६% बोनस सेयर र कर प्रयोजनका लागि १.३७% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।’
यसले अघिल्लो वर्ष भने २५% बोनस सेयर र १.३२% नगद लाभांश वितरण गरेको थियो । साना किसान हाल आरएमडीसी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।