सहायक डिभिजन वन अधिकृत सहित ४ जनाविरूद्व किटानी जाहेरी,

सुर्खेत। डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेका आफन्तले ४ जनाविरुद्व किटानी जाहेरी दिएका छन्। सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियूसराज तिवारी र सुरेन्द्र रानाविरुद्व किटानी जाहेरी दिएको मृतकका आफन्तले बताउनु भयो ।

मृतक लामिछाने वन सम्बन्धि मुद्दामा बिहिवार पक्राउ पर्नु भएको थियोे। वीरेन्द्रनगर–१३ भूतचोकका ५८ बर्षीय लामिछानेको वन कार्यालय पुर्याएपछि मृत्यु भएको थियो। उहाँको मृत्युपछि आफन्तले कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै किटानी जाहेरी दिएका हुन्।सोही विषयमा छानविनका लागि समिति गठन गरिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग गरिएको छलफलपछि पाँच सदस्यीय छानविन समिति गठन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनु भयो।मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा समिति बनाईएको हो। छानविन समितिमा जिल्ला प्रशासन कार्यालय सुर्खेतका एक जना अधिकृत, राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक जना  अधिकृत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानुन सचिव सदस्य रहेको प्रजिअ रिजालले बताउनु भयो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close