चुनाबमा दलहरुको प्रमुख एजेन्डा बनेको घण्टाघरको घडि अझै चलेन

कमल कुमार न्यौपाने
साउन २,सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको पर्यटकिय स्थल घण्टाघर स्थानिय तहको निर्वाचनमा केही राजनितीक दलको प्रमुख एजेण्डा नै बन्यो । चुनाब जितेर गएकाले अहिले घण्टाघरलाई बिर्सका हुनका भन्ने लाग्छ । चुनाबको समयमा घण्टाघरको स्तउन्नती गरिने भने पछि जनताले पनि चुनाब जिताए । तर नागरिक अहिले तिनै जनप्रनिधिबाट आजित भईसकेका छन् । केही वर्ष अघिसम्म घण्टाघरबाट प्रत्येक घण्टा टङि टङि आवाज आउने गर्थो । घण्टाघरको घडीको आवाज सुर्खेती जनताले सुन्न नपाएको बर्षाै भईसक्यो । कुनै समय घण्टाघर आसपासका नागरिले समय हेर्नका लागि नजिकैको घण्टाघर सबैको साझा घण्डीका रुपमा लिने गरेका थिए । टाढाबाट प्रष्ट देख्न सकिने घडीको सुइले समय दिने गर्दा नजिकैको बाटो भएर हिड्ने बटुवा र घण्टाघर हेर्नकै लागी त्यहाँ पुग्ने पर्यटक पनी घण्टाघरका सुईले दिएको समय हेर्ने गर्थे । तर, केही बर्षयता घण्टाघरले प्रत्र्यक घण्टामा दिने टङि(टङि आवाज र घण्डीको सुई चल्ल छोडेको पनी बर्षाै भईसक्यो । कुनै समयमा घण्टाघर भन्ने बितिकै आन्तरिक पर्यटक तथा बाह्य पर्यटक आउने गर्थे । पर्यटकलाई आक्रसित बनाउन घण्टाघरमा मिनी फन पार्कको निर्माण गरिएको थियो तर त्यो पार्क केही समय सञ्चालनमा आएतापनि अहिले पार्कमा भएका कतिपय साम्रागीहरु बिग्रएका छन् । सरकारले घण्टाघरलाई पर्यटकिय स्थलका रुपमा बिकास गर्नका लागि पहलहरु गरेपनि घण्टाघरले भने मुहार फेर्न सकेन ।
संरक्षण र मर्मतको अभावले घण्टाघरको सौन्दर्य एवम् महत्वमा कमी आउन थालेको छ । सर्वसाधारणलाई समय हेर्न सजिलो होस् भन्ने हेतुले बि.स. २०४५ सालमा चीन सरकारको सहयोगमा बनेको घण्टाघरका घडीका सुई रोकिएको लामो समय भयो ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको पहिचानका रूपमा रहेको घण्टाघरको चार वटै घडी हाल बग्रिएिको अवस्थामा छन् । कुनै पनी घडिले अहिले समयको जनाउ दिदैनन् । घण्टाघरको माथिबाट वीरेन्द्रनगर उपत्यकाको अधकिांश भू(भाग दृश्यावलोकन गर्न सकन्छि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close