बिष्णु माया विकको नयाँ गीत ‘गुलाबैको फूल’ सार्वजनिक (भिडियो सहित)

बिष्णु माया विकको प्रस्तुति रहेको गीत ‘गुलाबैको फूल’ सार्वजनिक भएको छ। गीतमा बिष्णु माया वि.क. र खेमराज रेग्मीको स्वर रहेको छ।

गीतका शब्दहरू अमित बाबु रोकाया द्वारा लेखिएको हो भने, संगीत खेमराज रेग्मीले रचना गरेका छन्। संगीत संयोजन तिलक वलीले गरेका छन् र रेकर्डिङ माला श्री स्टुडियोमा गरिएको हो।

नरेश सोनी द्वारा निर्देशन गरिएको यस गीतको म्युजिक भिडियोमा ह्यारी कंडेल ले छायांकन गरेका छन् भने ड्रोन अपरेटर मानबहादुर वली रहेका छन्। भिडियोको सम्पादन रविन विक ले गरेका छन्। यस गीतको भिडियोमा बिष्णु माया  र साजन शर्मा ले अभिनय गरेका छन्, र गीतको मेकअप आर्टिस्ट सजता चुनारा हुन्।

गुलाबैको फूल गीतले प्रेम र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगमा प्रस्तुत गरेको छ। यस गीतलाई बिष्णु माया वि।क। को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ र यसलाई दर्शकश्रोताहरूले मन पराइदिनुहुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close