प्रतिकिलो १० लाख पर्ने केसरको यस्ता छन् फाइदा र बेफाइदा

केसर एक सुगन्धित बिरुवा हो। यसको फूलको परागलाई केसर भनिन्छ।

यो इरिडेसी प्रजातिको क्रोकस सेटिभस नामको सानो बिरुवा हो । जसको उत्पति दक्षिण युरोपमा भएको हो । यद्यपि यसको स्पेन, इटाली, ग्रीस, तुर्किस्तान, इरान, चीन र भारतमा खेती गरिन्छ। भारतमा यो जम्मु (किस्टवार) र कश्मीर (पमपुर) को सीमित क्षेत्रहरूमा मात्र उब्जाउ गरिन्छ। यसलाई हरेक वर्ष अगस्त सेप्टेम्बरमा रोपिन्छ। यसलाई प्याजको जस्तै गानुबाट सार्ने गरिन्छ ।

केसर खेती गर्न समुन्द्री सतहबाट करिब २ हजार मिटर उचाइको पहाडी क्षेत्र र समशीतोष्ण सुख्खा हावापानी चाहिन्छ। दोमट माटो बिरुवाको लागि उपयुक्त हन्छ । यो बिरुवाले अंकुर हुनु अघि वर्षा र हिउँ दुबै सहन सक्छ, तर यदि अंकुर पछि यस्तो भयो भने, सम्पूर्ण बाली नस्ट हुन्छ।

केसर प्रतिकिलो १० लाख रुपैयाँ पर्दछ । केसर जति महँगो हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक मानिन्छ । केसरको प्रयोग दुधसँग खानेदेखि र विभिन्न मिठाइहरू बनाउनका लागि गरिन्छ। केसर संसारको सबैभन्दा महँगो मसला हो, त्यसैले यसलाई रेड गोल्ड पनि भनिन्छ। केसरको नियमित सेवन गरेमा यसले मानसिक समस्या हटाउनुका साथै छालालाई पनि फाइदा गर्छ ।

केसरका फाइदाहरू :

१. एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण

केसर एन्टिअक्सिडेन्ट गुणले भरिपूर्ण हुन्छ । केसरमा फ्रि रेडिकल र अक्सिडेटिभ हुन्छ । जसमा तनावबाट कोशिकाहरूलाई बचाउने गुणहरू हुन्छ । यसका साथसाथै केसर क्रोसिन, क्रोसेटिन, सेफ्रानल जस्ता एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो। जसका कारण केसरको सेवनले शरीरको सुनिएको, भोक नलाग्ने र तौल बढ्ने समस्यालाई नियन्त्रण गर्न मद्दत गर्छ ।

२. तनाव र डिप्रेसन कम गर्न

यदि कुनै व्यक्तिले नियमित रुपमा केसरको सेवन गर्छ भने तनाव र डिप्रेशनको समस्यालाई कम गर्न सकिन्छ । दैनिक ३० मिलीग्राम केसर खाँदा डिप्रेसन कम गर्न सकिन्छ। यसका साथै यसले डिप्रेसनको औषधि प्रयोग गरिरहेकाहरूमा त्यसको साइड इफेक्टलाई पनि कम गर्ने गर्छ ।

३. केसर एन्टीकार्सिनोजेनिक गुणले भरिपूर्ण

केसर एन्टिअक्सिडेन्टमा भरिपूर्ण हुन्छ । जसले मानिसलाई हानिकारक फ्री रेडिकलको असरबाट बच्न मद्दत गर्छ। फ्री रेडिकलका कारण क्यान्सरको सम्भावना हुने हुदा यस्तो अवस्थामा केसरले क्यान्सरबाट बच्न मद्दत गर्छ ।

४. तौल घटाउन

यदि बढ्दो तौल घटाउन चाहानेको लागि केसरको प्रयोगले तौलघट्न मद्दत गर्छ । यसले बारम्बार भोक लाग्ने समस्यालाई कम गर्छ । यसका साथसाथै तौल घटाउन चाहनुहुन्छ भने केसरलाई केही हप्तासम्म लगातार सेवन गर्नुहोस्, यसले तपाईलाई कम भोकको अनुभूति गराउँछ, जुन तौल घटाउनमा प्रभावकारी हुन्छ ।

५. मधुमेह नियन्त्रण

केसरको नियमित सेवनले रगतमा चिनी नियन्त्रण गर्न फाइदाजनक हुन्छ । केसरले रगतमा चिनीको मात्रा कम गर्न सक्छ। यसका साथै यसले इन्सुलिन बढाउन सक्छ । जसले मधुमेहका कारण हुने समस्यालाई कम गर्न मद्दत गर्छ।

६. बिभिन्न रोगहरू निको पार्छ

यसले खोकी, घाँटीका रोग, घाउखटिरा, पेटका कीरा र वाकवाकी नाश गर्ने गर्दछ ।

७. गर्भावस्थामा लाभदायक

केसरको सेवन गर्भावस्थामा पनि फाइदाजनक हुन्छ । चिकित्सकका अनुसार, केसर बच्चा जन्माउने समयमा र रक्तस्रावको समयमा प्रयोग गर्न सकिन्छ। यससँग सम्बन्धित अनुसन्धानमा केसरले पहिलो त्रैमासिकमा भ्रूणलाई हानि पुर्‍याउँछ भनेको छ भने यसबाहेक, पहिलो त्रैमासिक पछि प्रतिदिन प्रयोग गर्दा उपयोगी हुन सक्छ।

८. दमको उपचार

दमले फोक्सोका कोशिकाहरूमा सुनिने समस्या निम्त्याउने हुन्छ। केसरको प्रयोगले यो समस्यालाई केही हदसम्म कम गर्न सक्छ ।

९. मुटुको लागि लाभदायक

केसरले मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न सक्ने अनुसन्धानले जनाएको छ । केसरमा थायामिन र रिबोफ्लेभिन जस्ता पोषक तत्वहरू पनि प्रशस्त हुन्छन्, जुन स्वस्थ मुटुका लागि आवश्यक हुन्छ।

केसरलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर, केसरका फाइदाका साथै केही बेफाइदा पनि छन् ।

केसरका बेफाइदाहरू :

१. गर्भावस्थामा केसरको हानि

आमा बन्ने महिलामा केसरको सेवन खतरनाक हुन सक्छ। केसरको अत्यधिक सेवनले पाठेघर साँघुरो हुन्छ । जसका कारण गर्भवती महिलामा गर्भपतन हुने खतरा हुन्छ ।

२. केसरको बढी प्रयोगले छाला पहेँलो हुन्छ

केसरको अत्यधिक सेवन गरे स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । केसरको बढी प्रयोगको असर छालामा देखिन थाल्छ, यदि तपाईले नियमित रुपमा १० देखि २० ग्राम केसरको सेवन गर्नुहुन्छ भने त्यसले छालालाई पहेँलो बनाउछ ।

३. स्वास्थ्यका लागि हानिकारक

पाँच ग्रामभन्दा बढी केसरको सेवन स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । केसरको बढी प्रयोगले छाला र आँखा पहेँलो हुन जान्छ र जन्डिस र खाना विषाक्त (फुड पोइजन) हुन सक्छ। यस बाहेक तपाईको नाकबाट रगत आउने र आँखाको परेला र ओठ सुन्निने हुन्छ ।

४. केसरको लामो समयसम्म प्रयोग हानिकारक

केसर एक खाद्य पूरक रूपमा प्रयोग गरिन्छ। धेरैजसो मानिसले तौल घटाउन केसरको प्रयोग गर्छन् । तर, सत्य यो हो कि केसर लामो समयसम्म सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। यदि तपाई तौल घटाउन केसरको सेवन गर्नुहुन्छ भने तपाईले कति समयदेखि केसरको सेवन गर्दै हुनुहुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । छ हप्ता भन्दा बढीको लागि वजन घटाउनको लागि केसर सेवन गर्नु हुदैन । केसरमा धेरै गुणहरु भएता पनि यसको प्रयोग गर्दा विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर मात्र गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close