नेकपा माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । दिउसो साढे ४ बजे माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।
सो पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले दिएको जानकारीअनुसार दिउसो साढे ४ बजे बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रपति उमेदवारका विषयमा कुराकानी हुने भएको छ । यसअघि आइतबार राति कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच कुराकानी भएको थियो ।
सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक राखेर निर्णय गरिने आश्वासन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close