क्रिकेटर सन्दीप अस्पताल भर्ना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो । केही दिनअघि उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकृत साजन राजभण्डारीका अनुसार सन्दीपको स्वास्थ्य अवस्था सामान्य छ । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि गरिएको पिसिआर परीक्षणमा सन्दीपमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा केही दिन सहभागी भएर बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close