सापकोटा माथि सांघातिक आक्रमण

सुर्खेत २६ बैशाख ।
साहारा क्याम्पसका सञ्चालक दुर्गा सापकोटा माथि सांघातिक आक्रमण भएको छ । लकडाउनमा तरकारी बारीमा काम गरिरहेका सापकोटा माथि आक्रमण भएको हो ।
वीरेन्द्रनगर ११ गाग्रेतालमा रहेको आफ्नै साहारा कृषि तथा पशुपालन फर्ममा आफ्ना दाजु रामप्रसाद सापकोटासँग काम गरिरहेका सापकोटा माथि अपरिचित २ व्यक्तिले आक्रमण गरेका थिए ।
पटक पटक कृषि र्फममा आइ तरकारी लगायत कृषि औजार चोरी कार्यमा संलग्न उनीहरुले विहिबार भने सापकोटाका दाजुभाइलाइ नै आक्रमण गरेको स्थानीय रमेश लामिछानेले जानकारी दिए। उनीहरुको आक्रमणबाट क्याम्पस सञ्चालक सापकोटाको टाउकामा गहिरो चोट लागेको छ । उनको नेपालगन्ज नर्सिङ्ग होममा उपचार भैरहेको छ ।
प्रहरीले सापकोटा माथि आक्रमण गर्ने दुइ जनालाई नियन्त्रणमा लिइसकेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close