स्थानीय तहमा स्वास्थ्य सामाग्री र अग्नि पीडितलाई आर्थिक सहयोग

सुर्खेत, ४ जेठ । मर्सिकोर नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहकार्यमा सुर्खेत जिल्लाका भकारी कार्यक्रम संचालन भएका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा कोभिड–१९ रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।


कोरोनाको संक्रमण दोस्रो भेरियन्ट माहामारीका रुपमा समुदायसम्म बढ्दै गएपछि यसको रोकथाम र व्यवस्थापनका लागि सोमबार उक्त सामाग्री वितरण गरिएको हो । तीन वटा पालिकामा १७१ बक्स फेस मास्क, ८१ बोत्तल सेनीटाइजर, ३००पिस फेस सिल र ३÷३ पिस पिपिइ गाउँ÷नगरपालिकाका प्रमुख तथा प्रतिनिधिलाई सोमबार हस्तान्तरण गरिएको हो । पालिकामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई दैीनक आवश्यक पर्ने सामग्रीहरुले स्वास्थ्यकर्मी सुरक्षित हुनुको साथै सेवाग्राहीहरुलाई पनि संक्रमणबाट बच्न मद्दत पुग्ने जनप्रतिनिधिहरुले बताएका छन् ।
उक्त सामग्री मात्राका हिसाबलेसानो भएपनि यो समयमा महत्वपुर्ण भएको कुरा मर्सिकोरका कलष्टर कोर्डिनेटर भिमराज बास्तोलाले बताए ।

अग्नि पीडितलाई पनि आर्थिक सहयोग
यस्तै सुन्दर नेपाल संस्थाले बराहताल गाउँपालिका–२ सिस्नेरी र पञ्चपुरी–९ रागका आगलागी पीडितलाई सहयोग गरेको छ । मर्सिकोरको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको साझेदारीमा संचालित भकारी कार्यक्रमको आपतकालिन सहयोग अन्र्तगतनिशर्त रुपले प्रति घरधुरी १३ हजार ५०० सय रुपैयाँ सहयोग गरिएको हो ।


। सिस्नेरीका ९ र रागका ४ घर गरी जम्मा १३ घरधुरीलाई एक लाख ७५ हजार ५०० रुपैयाँ चेकद्धारा हस्तान्तरण गरिएको छ । आगलागी बाट पुर्ण क्षती भएका सिस्नेरी र रागका घरपरिवारको लागि हाल खाद्यान्नको संकट परिरहेको र घर बनाउने कुराले आफुलाई समस्या परेको सिस्नेरीकी मनिसरा दर्लामी मगरले बताइन् ।
भकारी कार्यक्रमले सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुनेमा विपद् व्यवस्थापन, बहुउद्देश्यपानी प्रणाली ,आपतकालिन खाद्य सुरक्षा लगायत पोषण लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि काम गर्दै आइरहेको भकारी कार्यक्रमका संयोजक खिम रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close