लायन्स क्वलहरुद्वारा कोरोना संक्रमितलाई खाद्यन्न सहयोग

लायन्स क्लव अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको कोरोना आईसोलेशनमा उपचाररत विरामीका लागि खाद्यन्न सहयोग गरेको छ । कर्णालीमा कोरोना भाइरस कोभिड–१९, को दोस्रो चरणको भेरियन्ट संक्रमण तीब्रगतिमा फैलिरहेको अवस्थामा सिकिस्त भएर आईसोलेशनमा उपचाररत विरामीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्स क्लवले निषेधाज्ञाका बेला खानपिनको समस्यालाई मध्यनजर गर्दै करिब ७२ हजार मूल्य बराबरको खाद्यन्न सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ का बिरामीलाई प्रभावकारी उपचार गर्दै आएको प्रदेश आयुर्वेद औषधालय मार्फत कोरोना संक्रमितको भोजनका लागि लायन्स क्लवहरुले खाद्यन्न सहयोग गरेका हुन् । क्लब गढीका अध्यक्ष लक्ष्मण कँडेलले अमेरिकाको कनेक्टिक राज्य नेपाली वेष्टर्ट हार्डफोर्ड लुम्विनी लायन्स क्लब र हार्डफोर्ड काउन्ट्री एभरेष्ट कनेटिनियल लाइन्स क्लब अध्यक्ष माधव आत्रेय, नरेन्द्र पन्त चार्टड प्रेसिडेन्ट कृष्ण कँडेलको सहयोगमा खाद्यान्न सहयोग गरिएको बताए ।

उनले प्रदेश औषधालयसँगै प्रदेश अस्पतालमा शुद्ध खानेपानीको अभावलाई मध्यनजर गरेर १५/१५ काटून पानी सहयोग गरिएको जनाए । उनका अनुसार औषधालयको आईसोलेशनमा उपचाररत विरामीका लागि चार क्वीन्टल चामल, ५० केजी दाल, ५० केजी चना, ३ काटुन खानेतेल, एक सय केजी आलु, र २५ किलो हरियो सिमी सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका पदाधिकारीलाई लायन्य क्लव गढीका अध्यक्ष कँडेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत एवं समाजसेवी टिकाराम चपाईलगायतले हस्तान्तरण गरेका हुन् ।

औषधालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले कोभिड–१९, महामारीले आक्रान्त समाजलाई जटिल परिस्थितिमा लायन्स क्लवहरुको सहयोगले कोरोना संक्रमित भएर उपचारत विरामीलाई ठूलो राहत पुग्ने अपेक्षा व्यक्त गरे । त्यस्तै औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना संक्रमित भएर आईसोलेशनमा उपचाररत विरामीका लागि सहयोगी मनहरुले सक्दो सहयोग गरिहेको जनाए । उनले विपद्का बेला लायन्य क्लवहरु मानवताको सेवाका लागि सधै अग्र स्थानबाट सहयोग गर्दै आईरहेको बताए ।

यता सुउवा संघका अध्यक्ष रावत र समाज सेवी चपाईले कोरोना महामारीका बेला जे जति सहयोग गर्न सकिन्छ, मानवताका लागि मन खोलेर सहयोग गर्न व्यापारी तथा समाजसेवीलाई आग्रह गरे । प्रदेश आयुर्वेद औषधालयको आईसोलेशनमा उपचाररत कोरोना संक्रमितलाई विवेकशिल साझा पार्टीको सहयोगमा निःशुल्क ‘अमृत भोजन कार्यक्रम’ सञ्चालन गरिएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close