कर्णाली प्रदेश लोक सेवाको अध्यक्षमा उपाध्याय

सुर्खेत,६ फागुन । कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमा पदाधिकारीहरु नियुक्त गरेको छ । आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ ।

यस्तै, सदस्यहरुमा बसन्तीकुमारी शाही र भक्तबहादुर शाहीलाई नियुक्त गरिएको छ । अयोगका पदाधिकारीले बिहीबार कर्णालीका प्रदेश प्रमुख गाविन्द कलौनीबाट पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ ।

अध्यक्ष उपाध्याय उपाध्याय पूर्व शिक्षा निर्देशक समेत हुन् । उनी वीरेन्द्रनगर –११ सुर्खेतमा बस्दै आइरहेका छन् । सदस्य खड्का वीरेन्द्रनगर —४ मा बस्दै आइरहेका छन । भने सदस्य बसन्ती कुमारी शाही खार्पुनाथ–५ हुम्लाकी हुन् ।

कर्णाली प्रदेश लोक सेवा आयोगको दफा ३ को उपदफा ९ बमोजिम आयोगका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको प्रदेश प्रमुखको कार्यालयका सचिव ठाकुर प्रसाद सिद्देलले बताए ।

पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गर्दै आयोगलाई चुस्त र दुरस्त बनाउन सबै प्रदेश र केन्द्र आयोगसँग समन्वय गरी काम अगाडी बढाइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close