भेरीगंगामा किशोर किशोरी सेवा केन्द्रको भवन

सुर्खेत, १३ माघ । भेरीगंगा नगरपालिकामा किशोर किशोरी सेवा केन्द्रको भवन निर्माण भएको छ । सेभ द चिल्डेन र समाज जागरण केन्द्र (स्याक) नेपालको आर्थिक सहयोगमा नगरपालिका ८ मैनतडामा भवन निर्माण गरिएको हो ।

भवन मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली युवाहरुका लागि स्वस्थ्य रुपान्तरण परियोजना अन्र्तगत किशोर किशोरी मैत्री सेवा (केन्द्र) को निर्माण गरिएको हो । भवनको उद्घान गर्दे भेरीगंगा नगरपालिकाका प्रमुख भूपेन्द्र बहादुर चन्दले किशोर किशोरीहरुलाई जनचेतना फैलाउन र समाजमा हुने बालविबाह न्यूनीकरणमा सहयोग पूग्ने विस्वास व्यक्त गरे ।
यस्तै समाज जागरण केन्द्र (स्याक) नेपालका कोषाध्यक्ष शोभा तिवारीले भवन निमार्ण गर्नु मात्रै ठुलो कुरा नभइ यसले दिने सेवा सुविधामा वृद्धी गर्नु पर्नेमा जोड दिइन् ।
उनले अहिलेसम्म पिछडिएका ग्रामीण क्षेत्रमा किशोर किशोरीहरुका लागि यस्ता सेवा प्रदान कमै मात्रामा भइरहेको भन्दै यसले समाजमा हुने यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी किशोर किशोरहरुलाई सेवा प्रदान गर्ने बइन् ।
भेरीगंगा नगरपालिकाको समन्वय र स्वास्थ्य सस्था सञ्चालन तथा व्यावस्थापनमा निमार्ण गरिएको केन्द्रको भवन निर्माणमा १५ लाख ८८ हजार दुइ सय ९६ रुपैया खर्च भएको छ । जसमध्य सेभ द चिल्डेन र समाज जागरण केन्द्र (स्याक) को १४ लाख ८० हजार ८ सय र जन स्थानीय श्रमदानबाट एक लाख रकम सहयोग गरेका मैनतडा स्वास्थ्य चौकी सञ्चालन तथा निमार्ण समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close